इरानमा मृत्युदण्ड बढ्दो, तीन महिनामा १०० जनालाई फाँसी

उज्यालो प्रतिनिधि ८ असार २०७९, बुधबार विश्व

काठमाडौँ ।  इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

 

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उपमानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

‘ इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् । यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये धेरै अल्पसंख्यक समूहका थिए ।

गुटरेसको प्रतिवेदनमा लागुऔषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ । निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको उनले बताइन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार