राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे = ।

पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । “दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ”, उनले भने । सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए । “हामी स्वाधिन छाँै । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ । कसैबाट शासित हुनुपरेको छैन,” उनले भने । छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए । “छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ । हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ”, उनले भने । राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताए । उनले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका विषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका विषयमा प्रतिपक्षसँग पनि छलफल गर्नुपर्ने बताए ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताए । पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तबरबाट कुरा राख्नुपर्ने सुझाव दिए । पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्र्नेमा जोड दिए । पूर्वराजदूत टङ्क कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने उल्लेख गरे । पूर्वराजदूत डा अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार