अफगानिस्तानका ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान

उज्यालो प्रतिनिधि ६ असार २०७९, सोमबार विश्व

काबुल । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ ।उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त भएका सामग्रीहरुमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरु रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ ।

यी सामग्रीहरु विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरुबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यहाँ वर्षदिन अघिदेखि तालिबानहरुले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरुलाई न्युनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ ।

यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।यस देशको ३ करोड ५० जनसङख्यामध्ये कम्तीमा पनि २ करोड २० लाख मिलियनलाई खाद्यान्नको समस्या अहिले पनि देखिएको छ ।

त्यसैले विभिन्न दाता संस्था तथा राष्ट्रहरुले यहाँका नागरिकलाई खाद्यान्न लगायतको अति आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आएका छन् ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार