७ भाद्र २०७६, शनिबार

पहिरोमा परेका परिवारलाई ६ लाख प्रदेश सरकारको रहात

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ भाद्र २०७६, शनिबार फोटो समाचार
46Views
Shares

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाउनुभएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।

यो पनि पढ्नुहोस् ...  भक्तपुरमा निर्वाचित वडा सदस्यको नेतृत्वमा नेमकिपाका सयौं कार्यकर्ता नेकपामा प्रवेश

राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

प्रदेश सरकारले प्रति मृतकलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको रु छ लाख प्रदान गरिएको हो ।

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो ।

यो पनि पढ्नुहोस् ...  सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छ : सभामुख सापकोटा

घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।

विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि रु ४० हजार प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिनुभएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।

यो पनि पढ्नुहोस् ...  सिरहामा कोरोना भाइरसको त्रास : फागुको व्यापार प्रभावित

पहिरोमा पहिरोका कारण सर्वस्व गुमाउनुभएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो ।

पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार