जरिवाना गरि ठेला छाडियो, निर्णय उलंघन गरे सधैंका लागि जफत गरिने

शिवु खनाल ३ असार २०७९, शुक्रबार फोटो समाचार

देउखुरी ।  लमही बजारमा क्षेत्रमा ठेलागाडा गुडाएर व्यापार गर्ने व्यवसायलाई दुईसय रूपैयाँका दरले जरिवाना गरि ठेला छाडिएको छ ।शुक्रबार नगरपालिकाले प्रति ठेला दुईसय रूपैयाँका दरले जरिवाना गरि तीनवटा ठेला छाडिएको वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा ठेला नियन्त्रणमा लिइएको सम्बन्धमा बसेको बैठकले असार तीनगते देखि लागू हुने गरि ठेला व्यवसायीले पुनस् निर्णय उलंघन गरि ठेला गुडाएको पाइएमा फिर्ता नहुने गरि जफत गरिने लमही नगरपालिकाले जनाएको छ ।

ठेला निश्चित ठाउँमा राखेर व्यवसाय गर्न ठेला व्यवसाय समितिका अध्यक्ष शोभाकर भुषाललाई जिम्मा दिने निर्णय गरेको वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले अन्तिम पटकका लागि दुईसयका दरले जरिवाना गरि ठेलागाडा छाडेको छ । बजारमा क्षेत्रमा पुनः ठेलागाडा गुडाइ व्यापार गरेको पाइएमा ठेला जफत लैजाने लमही नगरपालिकाले निर्णय गरेको हो । नगरपालिकाले यत्रतत्र छरिएर व्यापार गर्दै आइरहेका तीनवटा ठेला नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार