मस्र्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

उज्यालो प्रतिनिधि ३ असार २०७९, शुक्रबार मुख्य नेटवर्क

काठमाडौँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।

सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिनुभयो । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो ।

उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार