राजमार्ग अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइँदै

शिवु खनाल २ असार २०७९, बिहीबार समाचार

देउखुरी ।  लमही नगरपालिकाले राजमार्ग अतिक्रमण गरी बनाएका घरटहरा हटाउन सुरु गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीको अर्जुनखोला देखि अर्नहवाको पुलसम्म करिब एककिलोमिटर दूरीमा अतिक्रमण गरी बनाएका घरटहरा मंगलबारदेखि हटाउन सुरु गरेको हो । नाला भन्दा बाहिर सडकको अतिक्रमित घर–टहरा भत्काउन थालिएको हो ।

No description available.

यसअघि राजमार्गको दुवैतर्फ बनाइएका घरटहरा, व्यापारिक भवन र अन्य वस्तुहरू भए हटाउन लमही नगरपालिकाले केहीदिनको सूचना जारी गरेको थियो । घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाएर हटाउन सुरु गरेको हो । राजमार्ग छेउमै बजार लाग्ने गरेको, अतिक्रमण गरी ठेला पसल, फलफूल पसल सञ्चालन हुने गरेको र सडकमै सवारी पार्किङ गर्न थालेपछि सवारी दुर्घटना समेत बढ्न थालेको लमही नगरपालिकाको भनाइ रहेको छ । दुर्घटना न्यूनीकरण गर्न यो अभियान थालिएको लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए ।

No description available.

लमहीको बसपार्क हुदैँ लमही अस्पताल रोडसम्म रहेका अतिक्रमण हटाउन सुरु गरिएको छ । केहीदिन अगाडि हटाउन सुरु गर्ने भएतापनि स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको थियो । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा अतिक्रमण हटाउन पुग्नु भएको छ । सडक क्षेत्रमा सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्डविपरीत निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका स्थायी र अस्थायी संरचना हटाउन थालिएको हो । केही दिनअघि लमही नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले लमही रोडको अतिक्रमण हटाउने निर्णय गरेपछि लमही नगरपालिकाले अतिक्रमित भत्काउन अघि सरेको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग मिचेर बनाइएको अव्यस्थित घर, टहरा, पसलले लमही नगरपालिका क्षेत्रभित्र रहेको बजार, चोक तथा वरिपरी कुरुप देखिएको छ ।

No description available.

लमही नगरपालिकाले सर्वपक्षीय भेलाबाट निर्णय गरेर साँघुरिएको राजमार्गलाई मापदण्ड अनुसार फराकिलो बनाउन लागेको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए । पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकको केन्द्रदेखि दुवैतिर खाली गराउन लागिएको नगर प्रमुख चौधरीले बताए । ‘अव्यवस्थित सडकले लमही नगरपालिका बजार र चोकलाई कुरुप बनायो, नगर प्रमुख चौधरीले भने,–। देउखुरी उद्योग बाणिज्य संघ, वडा प्रहरी कार्यालय लमही, चेक्वर अफ लमही, राजनीतिक दल लगायतसंग समन्वय गरेर लमही बजार क्षेत्र र राजमार्गलाई सुन्दर बनाउने गरी काम थालेका छौं ।’ सडक अतिक्रमण गरेर निर्माण समाग्री राख्ने, गाईवस्तु बाँध्ने, ठेलागाडा राखेर व्यपार गर्ने, घर बनाउने क्रम बढेपछि सडक साँघुरिएर दुर्घटना बढेको हुनाले यसलाई व्यवस्थित गर्न लमही नगरपालिकाले अतिक्रमित बस्तुहरु हटाउन थालेको लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए ।

उनले अन्य संरचना स्थानीय आफैले भत्काउने बताएको र नभत्काए पुन हएटाइने बताए । संरचना हटाएपछि उक्त क्षेत्रको सडक मर्मत र विस्तार गरिने बताइएको छ । स्थानीयवासी, स्थानीय तह, स्थानीय प्रहरी–प्रशासन, राजनीतिक दलका प्रतिनिधि लगायतको सहयोगमा अतिक्रमण भएका संरचना हटाउन थालिएकाले कुनै विवाद नभएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार