दुर्घटना न्यूनिकरण गर्न लमहीमा रि–फ्रेस सेन्टर

शिवु खनाल २ असार २०७९, बिहीबार फोटो समाचार

देउखुरी ।  लामो दूरीको यात्रामा चालकहरू थकित हुने र अधिकांश सवारी दुर्घटना हुन थालेपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले रि–फ्रेस सेन्टर स्थापना गरेको छ । लमही नगर विसका समितिको आर्थिक सहयोगमा पूर्वपश्चिम मेहन्द्र राजमार्ग लमहीको रातोडाँडा स्थित रिफ्रेस सेन्टर स्थापना गरिएको हो ।

No description available.

ट्राफिक प्रहरीले स्थापना गरेको उक्त रि–फ्रेस रिफ्रेस सेन्टरमा अब चालकले अनिवार्य रुपमा सवारी रोक्नुपर्ने नियम बनाइएको छ । उक्त सेन्टरमा कम्तीमा चालक र यात्रुले आधा घण्टासम्म आराम गर्न पर्ने नियम रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इञ्चार्ज विष्णुप्रसाद न्यौपाने जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा दिएपछि मात्र चालक पुनः गन्तव्यतर्फ जान पाउने भएका हुन् । निरन्तरको यात्राबाट थकित चालकले रि–फ्रेस सेन्टरमा आराम गर्न पाउने, सवारीले पनि रोकिने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको दाबी छ ।

No description available.

राजमार्ग बारम्बार सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुन थालेका कारण रिफ्रेस सेन्टर स्थापना गरिएको हो । लमही क्षेत्रको राजमार्गमा रि–फ्रेस सेन्टर सञ्चालनमा ल्याएपछि सवारी दुर्घटनामा केही कमी आउने विश्वास गरिएकोे चालकहरु बताँउछन् । जिल्लामा हुने अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेका र लामो दूरीको यात्रामा चालकलाई आराम चाहिने भएकाले पनि रि–फ्रेस सेन्टर तथा नागरिक सहायता कक्षलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिन थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो । लामो दूरीका चालकलाई आराम चाहिन्छ, आराम मिलोस् भन्ने उद्देश्यले हामीले ठाउँठाउँमा रिफ्रेस सेन्टर र यात्रुका लागि सहायता कक्ष स्थापना गरेका छौँ, जसले गर्दा दुर्घटनामा पनि कमी आउनेछ र यात्रुले पनि सहयोग पाउनेछन्, प्रहरी प्रमुख काफ्लेले भने ।

यता लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले दुर्घटना न्यूनीकरणका लागि रि–फ्रेस सेन्टर तथा नागरिक सहायता कक्षहरू प्रभावकारी बनेको बताए। उनले भने, ‘चालक थकित भएका हुन्छन्, कम्तीमा पनि आधा घण्टा मात्रै चालक रि–फ्रेस भए निकै सहज हुन्छ, जिल्लाका विभिन्न स्थानमा थप रि–फ्रेस सेन्टर खोल्नु आवश्यक रहेको छ ।’ यसैगरी लमही नगर विकास समितिका सदस्य सचिव गेहेन्द्रबहादुर डाँगीले नागरिकहरूको जिवनको सुरक्षाको चासो र महत्व राख्दै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले रि–फ्रेस सेन्टरको स्थापना गरिएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकसहित यात्रुसँग जनचेतनामूलक कार्यक्रम गर्न पनि आवश्यक रहेको बताए ।

No description available.

लुम्बिनी प्रदेशका अन्य जिल्लाका विभिन्न स्थानमा पनि रि–फ्रेस सेन्टरहरु स्थापना गर्न आवश्यक रहेको छ । सवारी दुर्घटना रोक्न आवश्यकता अनुसार थप अन्य ठाउँमा पनि रिफ्रेस सेन्टर तथा नागरिक सहायता कक्षसमेत स्थापना गर्नुपर्ने देखिन्छ । यस्तै कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले रि–फ्रेस सेन्टरको आवश्यक भएको कारणले गर्दा स्थापना भएको रि–फ्रेस सेन्टरलाई सुचारु गर्नुपर्छ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको ताउनुभयो । चालकहरु निद्राको कारणले सवारी साधान दुर्घटना हुदा कैयौं यात्रुले अकालमा ज्यान गुमाएका छन् । भोलिका दिनमा हुने क्षतिलाई मध्यनजर गर्दै, रिफ्रेस सेन्टर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । लमही नगर विकास समितिले उपलब्ध गराएको चार कठ्ठा जग्गामा लुम्बिनी प्रदेशकै नमुना रि–फ्रेस सेन्टरको स्थापना गरिएको लमही नगर विकास समितिका सव–इञ्जिनीयर तुलसीराम अर्यालले जानकारी दिए ।

No description available.

उनका अनुसार लमही नगर विकास समितिको अठार लाख बजेटमा लमहीको रातोडाँडामा प्रदेशकै नमुना रि–फ्रेस सेन्टरको स्थापना गरिएका हो । अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीद्वारा संचालित रि–फ्रेस सेन्टरको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उक्त रि–फ्रेस सेन्टरमा सार्वजनिक शौचालय, व्यापारिक स्टल, दुईवटा प्रवेशद्वार रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट दिलकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दशरथ घिमिरे, यातायात व्यवसायीको तर्फबाट गोर्वदन सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण लमही नगर विकास समितिका सुब्बा हरि खनालले गर्नुभएको थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार