सुदूरपश्चिम प्रदेश बजेट : ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको आव २०७९÷८० को बजेटमा ‘आत्मनिर्भर कृषिः प्रदेशको समृद्धि’, नमूना गाउँ आफैँ बनाऔँ, ‘प्रदेश सरकारः कृषकको अभिभावक’, ‘एक खेतमा तीन बालीः उत्पादन वृद्धि गराँै यसपालि’ जस्ता आकर्षक नारासहित कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, सामूहिकीकरण र बजारीकरणमा प्राथमिकता दिइएको छ ।

यसैगरी ‘मेरो उत्पादनः प्रदेशको पहिचान, कृषि आयमा वृद्धिः किसानको समृद्धि’ माटो जोगाऔँः उत्पादन बढाऔँ, गोठदेखि ओठसम्म स्वच्छ दूध’जस्ता नारासहित कृषि पशुपन्छी गतिविधि सञ्चालनसम्बन्धी कार्यक्रम बजेटमा समेटिएको छ ।

आम नागरिकको विकासको चाहनालाई सम्बोधन गर्न आर्थिक समृद्धि समानता र सामाजिक न्याय सुनिश्चिता गर्ने कार्यलाई समेत बजेटमा प्राथमिकता दिइएको छ । आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणका लागि कृषि उद्योग र सेवा क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण र बजारीकरणमार्फत उत्पादन एवं उत्पादकत्व वृद्धि गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने, महामारी र विपदबाट शिथिल भएको आर्थिक तथा समाजिक क्षेत्रलाई पुनःस्थापित गरी यस क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्दै आर्थिक स्थायित्व कायम गर्ने, सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा लगानी तथा क्षमता अभिवृद्धि गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जनामार्फत गरिबी निवारणमा सहयोग गर्ने प्रस्तुत बजेटको मुख्य उद्देश्य रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार