सिन्धुपाल्चोक।देशभरका ७ वटै प्रदेशमा भोलि बजेट आउँदै छ। प्रत्येक प्रदेश सांसदहरुले आ–आफ्नो जिल्लाका विभिन्न आयोजनाहरुको बारेमा अर्थ मन्त्रालयमा जानकारी गराउने क्रम जारी छ।
अघिल्लो वर्ष १ असारमा सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आएको थियो। भोलि बागमती प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैगर्दा मेलम्चीमा बाढी गएको १ वर्ष पुगेको छ।
यो वर्ष पनि मनसुन सक्रिय भएसँगै मेलम्ची र असापास क्षेत्रका स्थानीयहरुमा त्रास बढ्न थालोके छ। नदीको वहाब बढ्न थालेपछि पाँचपोखरी थाङपाल जाने स्थानीयहरुले बैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्।
सोही क्षेत्रबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद युवराज दुलालले आर्थिक मामिला मन्त्रीसमक्ष ‘मेलम्ची–इन्द्रावती नदी एकीकृत संरक्षण आयोजना’ गठन गरी सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
मेलम्ची, हेलम्बु र इन्द्रावतीका नदी तटिय क्षेत्रमा हुनसक्ने जोखिम न्युनीकरणका लागि आयोजना गठन गरेर काम गर्दा सहज हुने उनले बताएका छन।
बाढीका कारण भएको भौतिक क्षतिको संरक्षण गरी त्यस क्षेत्रलाई पुन बसोबास योग्य बनाई कृषि, पर्यटन ,ब्यापार, ब्यबशाय लगायतको आर्थिक गतिविधिको नयाँ आधार निर्माण गर्न प्रदेश सरकारको महत्वपुर्ण भूमिका हुनुपर्ने उनले बताएका छन्।
प्रदेशका अर्थ मन्त्रालयहरु धमाधम बजेटको अन्तिम तयारीमा छन्।
सरकारले नै सिन्धुपाल्चोकलाई प्राकृतिक विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेको समेत स्मरण दुलालले अर्थमन्त्रीसमक्ष गराएका छन्।