एजेन्सी । जर्मन बुन्डेस लिगमा बोरुसिया डर्टमन्डले एफसी कोलोग्नीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार दोश्रो जित निकालेको छ ।
यसअघिको पहिलो खेलमा डर्टमन्डले अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो ।शुक्रबार कोलोग्नीको घरेलु मैदानमा डर्टमन्ड एक गोलले पछि परेको अवस्था ३ गोल गर्दै जित निकालेको हो ।
डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे । घरेलु टोलीका डोमिनिक ड्रेक्सलरले खेलको नवौं मिनेटमा गोल गरेपछि डर्टमन्ड १-० ले पछि परेको थियो डोमिनिकले इलियसको पासमा गोल गरेका थिए ।
घरेलु टोलीलाई निकै दबाबमा राख्ने क्रममा ७०औं मिनेटमा युवा सनसनी जाडोन सान्चोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो गोल गरेसँगै खेलमा फर्किएको डर्टमन्डको लागि आचरफ हाकिमीले गोल गर्दै खेललाई २–१ ले अघि बढाए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई ३–१ को जित दिलाए । लगातार दोस्रा जितसँगै डर्टमन्डको ६ अंक पुगेको छ । कोलोग्नी लिगमाअंकविहिन एक टोली हो ।