भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित, २४ को मृत्यु

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७९, शुक्रबार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली । भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।

बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत रहेको छ ।

गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार