काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको “Data and Voice” प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरित गर्न सकिने भएकाे छ। नमस्ते पे प्रयोग कर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकम डाटा र भइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्ने छन्।
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्माटा फोन आवश्यक नपने गरी USSD मार्फत बैंक र वित्तीय पहुँचु नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गने दुबै प्रकारका विशेषता रहेका छन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गररएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँचु भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्माटा क्युआर संग गररएको सेवाको शुरुवात एक महत्वपुर्ण कोसेढुङ्गा सावित हनुे NDPC को विश्वास रहेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।