युगान्डामा पनि भोकमरी समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीको आग्रह

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७९, शुक्रबार विश्व

काठमाडौँ । युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् ।ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ । युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।

यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।

यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार