सबैको सहयोगमा चौतर्फी विकास गर्न सकिन्छ : मेयर यादव

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७९, बिहीबार फोटो समाचार

सप्तरी सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले आग्रह, पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको समविकास गरिने बताएक छन । डाक्नेश्वरी नगरपालिकाको मगलवार आयोजित शपथ ग्रहण र पदास्थापन कार्यक्रममा प्रमुख मलाहाले आफूले जस्तै सबै वडाका जनप्रतिनिधिले आग्रह, पूर्वाग्रह नराखेर काम गर्ने विश्वास व्यक्त गरे ।

नगर प्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई सामुहिक शपथ ग्रहण गराउनु हुँदै सो कुरा बताएका हुन । सबैको सहयोगमा मात्र हरेक क्षेत्रको चौतर्फी विकास गर्न सकिने बताउनु भएका उनले विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाह र परामर्शमा एक वर्षभित्र कानुन, नीति, नियम निर्माण गरिने बताए ।

पद प्राप्त गर्नुभन्दा असल भूमिका निर्वाह गर्नु महत्वपूर्ण भएको भन्दै मलाहाले अन्य उम्मेदवारलाई मत दिने जनताको अपेक्षा र आशालाई समेत विश्वासमा परिणत गर्ने अभिभारा आफूले महसुस गरेको बताए ।

जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको भन्नुहुँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य ताराकान्त चौधरीले सिंचाई, खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गरे । गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिदै अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा निवर्तमान प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्व सदस्य हरिसुदन यादव, उपप्रमुख मीराकुमारी यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादव, वडा नम्बर ९ का अध्यक्ष कर्णदेब चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरलगायत विभिन्न दलका प्रतिनिधीले शभकामना व्यक्त गरे । यता शपथ ग्रहण कार्यक्रमपश्चात नगर प्रमुख मलाहा र उपप्रमुख यादवले पदस्थापन गरे ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार