झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७९, बुधबार मुख्य नेटवर्क

झापा । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे । कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताए ।

प्रजिअ रिजालले कैदीबन्दीको बाँकी समय त्यसै खेर फाल्नबाट जोगाउन सामग्री उपलब्ध गराएको बताए । कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी छन् । उनीहरुमध्ये झण्डै ४०० जना निरक्षर रहेको बन्दी पुस्कालयका सचिव रमेश पोखरेलले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार