चुनाव लगत्तै राप्ती नदीमा सशस्त्र प्रहरीको ‘कृतिम’ उद्दार अभ्यास

शिवु खनाल १७ जेष्ठ २०७९, मंगलवार फोटो समाचार

देउखुरी ।  विपद्बाट बाच्नका लागि देउखुरीको राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरीएको छ । स्थानीय तह निर्वाचन सकिए लगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना एवम् सशस्त्र प्रहरी बल नेपाल नं।२९ गण हेक्वा ज्वालामाइ भालुवाङको समन्वयमा विपद्बाट बाच्न राप्ती नदीमा कृतिम उद्धार अभ्यास गरीएको हो । बर्षात शुरु पुर्व नै विपद्का बेला उद्धार गर्न सहजताका लागि नमुना अभ्यास गरिएको छ । अभ्यासका क्रममा नदीमा कृतिम उद्दार अभ्यासको लागी सशस्त्र प्रहरीलाई राप्ती नदीमा बगाइएको थियो । विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्दार टोलीले डुङ्गा मार्फत उक्त राप्ती नदीमा तैरीरहेका सशस्त्र प्रहरीको खोजी पछि जिवितै उद्दार गरेका थिए । घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालीसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर कृतिम उद्दार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आईपर्ने समस्या, उद्धार, बैठक अनुगमन, प्रथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरी निरिक्षक प्रकाश कुमार शाहीको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरु सहित २५ जनाको टोली डुङ्गामा उद्दारका लागि सम्मिलित थिए । कार्यक्रममा दाङ सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले यदी कुनै दुर्घटना भईहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्दार गर्न सक्ने बताए । विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरार्ईएको पुनले बताउनुभयो । उहाँले राप्ती नदि वरिपरिका बस्तिहरुका बासिन्दाहरुलाई सतर्क रहन अनुरोध समेत गर्नुभएको छ ।

यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं।२९ गण हेक्वा ज्वालामाइ भालुवाङका प्रमुख बिनोद केसीले विपद्को बेला उद्दार कार्यलाई प्रभावकारी ढंकबाट परिचालन गर्ने उद्देश्यले राप्ती नदीमा कृतिम उद्दार अभ्यास गरिएको बताए । उक्त अभ्यासमा स्थानीय स्रोत साधानबाट निर्मित विपद् उद्दारका सामाग्रीको प्रर्दशनी तथा प्रयोग विधि, राप्ती नदीमा पानीको बहाव बढेपछि नदी पारी फसेका व्यक्तीलाई उद्दार गर्ने तरीका, नदीमा बगिरहेका व्यक्तीलाई उद्दार गर्दै, सुरक्षित ठाउँमा प्राथमिक उपचार दिने तरिका, बाढी तथा डुबानबाट धनजनको क्षती हुन नदीन विधि बारे विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले अभ्यास गरेको उहाँले जानकारी दिनुभयो । ‘नमुना अभ्यासबाट पछि फिल्डका काम गर्न सजिलो हुन्छ, सशस्त्र प्रहरी बल नेपाल नं। २९ गण हेक्वा ज्वालामाइ भालुवाङ्का प्रमुख बिनोद केसीले भन्नुभयो,–। ‘विपद् आएका बेला अभ्यासबाट काम प्रभावकारी हुन्छ । विपद्बाट वढी नोक्सानी हुनबाट जोगाउनका लागि अभ्यास गरिएको हो ।’

यता नं. ४१ रिजर्भ गण लमहीका प्रमुख अरविन्द्र श्रेष्ठले विपद्बाट जोगिनका लागि सबै सुरक्षा निकाय हाईअलर्ट रहेको बताउदै अभ्यासले हामीलाई थप कार्य गर्न मदत पुग्ने र सबै सुरक्षक निकायका युनिट वाढि आउनु पुर्व तयारी अवस्थामा रहेको बताए । बाढीको कृतिम घटना अभ्यास कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, नेपाल रेडक्रस सोसाईटी, इलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार