सन् २०२३ मा बलिउड र साउथ इन्डियन फिल्महरूको भयंकर भिडन्त, कसले बढी कमाउला ?

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७९, मंगलवार प्रवास

एजेन्सी । सन् २०२३ को गर्मीमा बलिउड र साउथ इन्डियन फिल्मका सुपरस्टारहरूको भिडन्त हुन लागेको छ । साउथका सुपरस्टार अल्लु अर्जुनको पुष्पा पार्ट २ को प्रतीक्षा सबैले गरिरहेका छन् । पहिलो पार्टको विशाल सफलतापछि पार्ट २ को प्रतीक्षा व्यग्र बनेको हो ।

फिल्मका निर्माता यसलाई थप प्रभावशाली बनाउन लागिपरेका छन् । त्यसका लागि उनीहरू स्क्रिप्टमा परिवर्तन गरिरहेका छन् जसले गर्दा फिल्मको शूटिङ लम्बिएर अब यो फिल्म सन् २०२३ मा मात्र रिलीज हुने भएको हो ।

उता प्रभासको फिल्म सालार पनि पुष्पा पार्ट २ लाई कडा चुनौती दिन लागिरहेको छ । अप्रिलदेखि जुनको बीचमा फिल्म रिलीज गर्ने तयारी रहेको निर्माताहरूले बताएका छन् ।

पुष्पा र सालारलाई टक्कर दिनका लागि बलिउड सुपरस्टार सलमान खान पनि तत्पर छन् । उनको फिल्म टाइगर ३ मे २०२३ मा रिलीज हुन तयार छ । फिल्ममा इमरान हाशमी छन् र शाहरुख खानको क्यामियो पनि छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार