यूक्रेनी फौजले सशक्त प्रतिरोधका बाबजुद सेभरोडोनेट्स्कमा रूसी सेना प्रबेश आक्रमण

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७९, सोमबार विश्व

काठमाडौँ । सक्रीय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन ।

“रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ,” लुगान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताएका छन ।

युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी कीभमा आक्रमण गरेपनि कीभलाई पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोन्बास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको र आफ्नो प्रभाबमा रहेका क्षेत्रहरूलाई सुदृढ पार्ने प्रयास गरिरहेको गभर्नर गाइदायले बताए ।

“सेभरोडोनेट्स्कको महत्वपूर्ण आधारभूत संरचना ध्वस्त भएको छ र ६० प्रतिशत क्षतिग्रस्त आवासीय भवनहरू पुनः स्थापित गर्न नसकिने गरी ध्वस्त भएका छन्,” गाइदायले टेलिग्राममार्फत् जारी सन्देशमा भनिएको छ ।

उनले भने, “त्यस इलाकाका तीन जना डाक्टरको गाडीमा नराम्ररी क्षति भएको छ भने उनीहरू सम्पर्कबिहीन रहेका छन् । दुई जना स्वयम्सेवकलाई गाडी चलाइरहेका समय रूसी फौजले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको गभर्नरको आरोप रहेको छ ।

मस्कोको सेनाको आक्रमणको प्रमुख उद्देश्य रहेको सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने रूसको मार्गमा रहेका विभिन्न महत्वपूर्ण शहरी केन्द्रहरूमध्ये करिब एक लाख मानिसहरू बसोबास गर्ने सेभेरोडोनेट्स्क एक हो ।

यसअघि रूसी सेनाहरूले त्यस इलाकाको सानो शहर र पहिलेको रेल केन्द्र लिमानलाई कब्जा गरेको र सेभेरोडोनेट्स्क र यसको नजिकैको शहर लिसिचान्स्कमाथि दबाब बढाएको बताएका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार