सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७९, सोमबार विश्व

काठमाडौँ । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन । उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक संकट एकपछि अर्काे गरी संकटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह गरेका हुन । उनले भनेका छन, सुडानमा पछिल्ला केही दिनहरुमा एकपछि अर्काे गरेर राजनीतिक हिंसा भएको छ र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको छ, त्यसैले सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर होइन कि शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्दछ ।

सुडानमा आइतबार मात्र पनि सरकारका विरुद्धमा आन्दोलन भएको र त्यसमा गोली लागेर केही युवाको ज्यान गएको थियो । सो घटनाप्रति पनि उनले दुःख व्यक्त गरेका छन । उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर भन्नुभएको छ– यो हिंसालाई बढावा दिने समय होइन, बरु शान्तिपूर्ण माध्यमबाट समस्याको निकास दिने समय हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार