गोलबजार १० का वडाध्यक्ष मुखियालाई चुनौती, अब डुबान नहोला त धर्मपुर ?

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७९, सोमबार २ नं. प्रदेश

सिरहा । वर्षायाममा सिराहाको गोलबजार १० धर्मपुर गाऊँ डुबानमा पर्दै आएको छ । यस पटक झन धेरै डुबानमा परेको छ । आईताबार करिब १० बजे देखि परेको पानी बिहान ३ बजे सम्म पर्दा त्यहाँका अधिकंश घरहरुमा पानी पसेर भित्ता समेत भत्काएका छन् । अघिल्लो पटकका जनप्रतिनिधहरुले यहाँका समस्यालाई वेवास्ता गरेकाले स्थानियवासिन्दाहरुले सास्ती खेप्दै आउनु परेको छ ।

एक स्थानियले उज्यालो नेटवर्कसंगको कुराकानीमा भने-‘यदि समयमै पानीको निकासा गरिदिएको भए यो समस्याबाट जोगिन्थ्यौ, तर हामीलाई पुर्व जनप्रतिनिधले यो कुरानै सुनिदिनु भएन् , वडा देखि नगरसम्म हामी समस्या सुनाउन गयौ पुग्यो तर ५ वर्ष सम्म त्यसको कुनै सुनुवाई भएन ।’

अहिले धर्मपुर बुद्दचोक देखि पुर्व टोल सम्म आर.सि.सि ढलान गरिएको छ । तर स्थानियले पानी निकासा गर्न ढलको आवश्यकता रहेको बताउँदै आएका छन ।

हालै सम्पन्न निर्वाचन पश्चात नव विर्वाचित वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले डुबानको समाधान गर्नेमा स्थानिया विश्वस्त छन । उनीप्रती वडाबासिले ठुलो आशा राखेका छन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार