रानीवनलाई हराउँदै आरसी ३२ दोस्रो स्थानमा उक्लियो

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७९, बिहीबार खेल

काठमाडौँ ।  रानीवन स्पोर्ट्स एकेडेमीलाई २-१ अन्तरले हराउँदै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

 

बिहीबार एन्फा कप्लेक्स सातदोबाटोमा आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे । रानीवनका किशन कठायतले सान्त्वाना गोल गरे ।जितसँगै आरसी ३२ एघार खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रानीवनले ११ खेलमा ११ अंक जोडेर १०औं स्थानमा छ ।

पहिलो पटक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ दोस्रो डिभिजन लिग उक्लने संघारमा छ । समान २५ अंक भएको झापा एक खेल कम खेल्दै शीर्षस्थानमा छ । जारी लिगको तीन चरणको खेल बाँकी छ । शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिमको तेस्रो डिभिजन लिग हैसियत गुमाउने छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार