टेक्सास घटनाबाट राष्ट्रसंघका महासचिव स्तब्ध

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७९, बिहीबार विश्व

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्– ‘म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।’ उनका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ ।

 

‘सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ’ उनका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ । अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो । यस घटनाको विश्वमा नै निन्दा गरिएको छ । अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार