काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख ओलीले सम्बोधन गर्ने भएका हुन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुहुने भएको हो ।
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गर्दै आएको छ ।
आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै छ । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ ।