साउदी अरबको विदेशी मुद्रा भण्डार कति ठूलो छ ?

उज्यालो प्रतिनिधि ११ जेष्ठ २०७९, बुधबार विश्व

काठमाडौँ ।  साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल(जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् । सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो ।

सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्य घटेको थियो । मुलुकलाई आर्थिक संकटबाट जोगाउन कर तीन गुणा बढाइएको थियो । साउदी अरेबियाका अर्थमन्त्रीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भने, ‘हामीले कर घटाउने निर्णय गरेका छौँ, तर हामी अझै पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’

मार्च २०२२ मा साउदी अरबको विदेशी मुद्रा सञ्चिति ४२५.८ बिलियन डलर थियो । साउदी अर्थमन्त्रीले साउदी अरबको आर्थिक नीतिअनुसार विदेशी मुद्रा भण्डार देशको कुल घरेलु उत्पादनको निश्चित प्रतिशतभन्दा कम हुन नसक्ने बताए ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अर्थतन्त्र एक ट्रिलियन डलरको छ । तर, अब उm तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ को बजेटमा यसबाट हुने फाइदालाई ध्यानमा राखेर भौतिक दिगोपन कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।

‘हामी भौतिक दिगोपन नीति निर्माण गर्ने अन्तिम चरणमा छौँ,’ मोहम्मद अल(जदानले रोयटर्स समाचार एजेन्सीलाई भने । उनले साउदी अरेबियाले विगत पाँच वर्षमा विदेशी मुद्रा सञ्चितिबाट एक खर्ब रियाल खर्च गरिसकेको बताए । यसको अहिले पनि पुनः पूर्ति भइरहेको उनको जिकिर छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार