स्थानीय तह निर्वाचन २०७९ दाङका नवनिर्वाचित ‘नौ’स्थानीय तहका प्रमुखद्वारा सपथ तथा पदभारग्रहण

शिवु खनाल ६ जेष्ठ २०७९, शुक्रबार फोटो समाचार

देउखुरी । दाङको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । जिल्लाको दशवटा स्थानीय तह मध्ये नौ स्थानीय तहको अन्तिम परिणाम आएसंगै दाङमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा सपथ ग्रहण गर्नुभएको हो । शुक्रबार पहिलो चरणमा नौ स्थानीय तहका प्रमुखले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको हो । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश रितेन्द्र थापाले प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै सपथ ग्रहण गराउनु भएको हो ।

पहिलो चरणमा सपथग्रहण गर्नेहरुमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन मगर, दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, घोराही उपमहानगरपालिका मेयर नरूलाल चौधरी, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, गढवा गाउँपालिका अध्यक्ष एमनारायण पोख्रेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लमही नगरपालिका जोगराज चौधरी रहनु भएको छ । बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने बताइएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण

दाङको दशवटा स्थानीय तह मध्ये नौवटा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पालिकामा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण पछि नवनिर्वाचित जनप्रतिनिधिले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र पालिकाका जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण पश्चात् बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन् । यसै बिच उनले निष्ठा र इमान्दारीतापुर्वक काम गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् । यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जनताको अपेक्षा अनुसार मेरो नेतृत्वमा अब राप्ती गाउँपालिका अगाडी बढ्ने बताए ।

नवनियुक्त जनप्रतिनिधिलाई सबैको साझा भएर काम गर्न जनताले सुझाव तथा सफल कार्यकालको शुभकामना दिएका छन् । जनताले जनप्रतिनिधी कुनै एक पार्टीबाट विजयी भएपनि उसले आफ्नो कार्य सम्पादन गर्दा सबैलाई साझा रुपले हेर्नुपर्ने भन्दै, स्थानीय तहमा पनि साझा बन्नुपर्ने सुझाव दिएका छन् । समग्र नगरको विकासमा आफुले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने लमही नगरपालिका मेयर जोगराज चौधरीले प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाका नौवटै पालिका प्रमुखहरुले पदभार ग्रहण गर्नुभएको छ । तुलसिपुर उप–महानगरपालिकामा भरि मतगणा निरन्तर भइरहेको छ । तुलसिपुरको केही वडाहरुको मतगणा सकिएको र नतिजा सार्वजनिक भएको छ ।

जनप्रतिनिधिद्वारा सपथ ग्रहण

दाङका स्थानीय पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पालिका प्रमुखहरुले आ–आफ्नो पालिका क्षेत्रमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा सपथ ग्रहण गराउनु भएको हो । नौवटा पालिकामा निर्वाचित नगर उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यलाई सम्बन्धीत पालिका प्रमुखले सपथ ग्रहण गारउनु भएको हो । दशवटा पालिका मध्य नौवटा पालिका प्रमुखलाई शुक्रवार मुख्य निर्वाचन अधिकृत श्रीमान् रितेन्द्र थापाले सपथ ग्रहण गराउनु भएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार