एकवर्ष भित्र लालपुर्जा दिने उम्मेदवार जैसीको घोषण

शिवु खनाल २७ बैशाख २०७९, मंगलवार समाचार

देउखुरी  ।  घोराही उपमहानगरपालिका वडा नम्बर १७ का उम्मेदवार बिमल जैसी एकवर्ष भित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्वता जनाउनु भएको छ । उनले आफ्नो वडा अन्तरगत रहेका सम्पूर्ण वडाबासीहरुलाई एकवर्ष भित्रै लालपुर्जा दिने बताएको छ ।

बिलम जैसी नेपाल कम्युष्ट्रि पार्टी (एकीकृत समाजवादी)को तर्फबाट घोराही उपमहानगरपालिका वडा नम्बर १७ को वडाध्यक्ष पदका लागी उम्मेदवारी दिनुभएको छ । त्यसैगरी वडाका अशक्त, अपांग, अति विपन्न दलित, गरिबका रेखामुनि बसेका बालबालिकालाई आफु निर्वाचित भएर पाउने सरकारी सेवा सुविधाबाट पठानपाठन गराउने बताए ।

वडा अन्तरगतका बेरोजगार युवा युवतिलाई रोजगारको ग्यारेन्टी, महिलाको लागि सिपमुलक तालिम दिई, आत्मनिर्भर बनाइने छ । घोराही १७ लाई डिजिटल वडा बनाइने र नमुना वडाको रूपमा विकास गर्ने, घोराही १७मा पर्ने गोरक्ष रत्ननाथ मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ । वडामा रहेका सम्पुर्ण विद्यालयलाई नमुना विद्यालयको रूपमा चिनिने बनाईने छ ।

वडा भित्र रहेका वृद्धवृद्धालाई वडाबाट भत्ताको व्यवस्थापन गरिनेछ, घोराही १७मा निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिनेछ । वडामा रहेका बाटो कुलाकुलेसाहरूलाई व्यवस्थित तटबन्ध पक्की नाला सहित कालोपत्रे गरिने छ । विपन्न परिवारलाई गाँस, बास र कपासको ग्यारेन्टी गरिने उनले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार