लमहीलाई नमुना शहरुको रुपमा विकास गर्ने घोषणा

शिवु खनाल २७ बैशाख २०७९, मंगलवार समाचार

देउखुरी ।  लमही नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष पदका उम्मेदवार ओमप्रकाश सुबेदी (सागर)ले कोलही गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उनले गोरक्षटोल उत्तर तर्फको जग्गालाई बजारको रुपमा विकास गर्ने बताउनुभएको छ । यस्तै उनले लमही बजार क्षेत्र नजिकै रहेको विकट जस्तै देखिने बस्ती आनन्द नगरलाई बाटोको पूर्वाधार र विद्युत्, शुद्ध खानेपानीको विस्तार गर्ने बताए । आसन्न स्थानीय तह निर्वाचनमा ओमप्रकाश सुबेदी (सागर)नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिका वडा नमबर ५ का वडाध्यक्ष पदका उम्मेदवारी दिनुभएको छ ।

यस्तै सनलाइट स्कुल पछाडी परेका जग्गामा बसेका सुकुम्बासीहरुको उचित व्यवस्थापन गर्ने र मोहियानी हक अनुसार उक्त जग्गा जनतालाई दिलाउने, लमही गल्लीदेखि देउपुर जोड्ने बाटोमा पक्की नाला र कालोपत्रे गर्ने, रातोडाँडा स्थित यातायात समितिसंग सहकार्य गरि बस सेवा संचालन गर्ने र रातोडाँडालाई बनाइएको पानी टंकीबाट रातोडाँडा बाहेक अन्य ठाउँमा लैजान नदिने र आवश्यक परे अर्को खानेपानी टंकीको निर्माण गर्ने, सुनखोली हाईबेदेखि उत्तरतर्फ रहेको जग्गा तुरुन्तै लालपुर्जा वितरणको प्रकृया अगाडि बढाउने, लमहीमा योगाको हलको निर्माण गर्ने र योगालाई स्वास्थ्यसंग जोड्ने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यसैगरी सुबेदीले लमही बजारका व्यापारीहरुलाई परेको समस्याको समाधान गर्ने, र खुल्ला सिमानाको कारणले व्यपारमा देखिएको समस्यालाई तत्कालै समाधान गर्ने, व्यापारी कर दाता हुन्, व्यापारी र उद्योगपतीहरुलाई सम्मान गरि अझ बढि व्यापारको प्रवन्र्धन र विकासको अनुरोध गर्ने, विद्युत् डाँडाको बाटो र उक्त क्षेत्रमा रहेको जग्गाको व्यवस्थापन गर्ने विषयमा छलफल गरि समस्याको समाधान गर्नुका साथै, अति विपन्न परिवारको लागि पक्की घर निर्माण गर्ने बताए।

कोलहीदेखि बसन्त नगरसम्मको बाटोको स्तरउन्नती गर्ने, लमही नगरलाई उज्यालो नगरको रुपमा विकास गर्ने, कोलही स्कुललाई नमुना विद्यालयको रुपमा विकास गर्ने, बसपार्क क्षेत्रमा रहेका अव्यवस्थित ठेला व्यवसाय, दिर्घकालीन रुपमा व्यवस्थापन गर्ने, लमही नगर क्षेत्रमा बथशालाको निर्माण गर्ने, लमही बजार क्षेत्रमा स्वर्गद्धारी दर्शनमा आएका भक्तजनहरुलाई मध्यनजर गर्दै लमहीमा धमैशाला निर्माण गर्ने, मुस्लिम समुदायहरुको कवरिस्तान सम्म जाने बाटो स्तरउन्नती गर्ने, लमही बजार क्षेत्रमा दिर्घकालीन रुपमै आटोभिलेजको व्यव्सथापन गर्ने, दैनिकि हुने कार्यसम्पदालाई सहज बनाउने, लमही अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थालाई व्यवस्थापन गर्ने, लमही बजार क्षेत्रमा सि।सि।क्यामरा जडान गर्ने र फोहोर व्यवस्थापन गरि लमही बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने प्रतिवद्धता जानएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार