अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले विमानमा चढाउन अस्वीकार गरेपछि….

उज्यालो प्रतिनिधि २७ बैशाख २०७९, मंगलवार विश्व

भारत ।  भारतमा एक एयरलाइन्सले अपाङ्गता भएका किशोरलाई विमानमा चढाउन इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

 

इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।

मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे ।

घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार