दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु

उज्यालो प्रतिनिधि २७ बैशाख २०७९, मंगलवार मुख्य नेटवर्क

दाङ ।  दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

 

घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा दुवै जनाको मृत्यु भएको बताइएको छ ।

सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार