नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि

उज्यालो प्रतिनिधि २७ बैशाख २०७९, मंगलवार अर्थ

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६७ अंक, फ्लोट इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर १अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा सबैमा हरियाली छाएको छ । जलविद्यूत उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ । विकास बैंक, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने व्यापार र म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबार तीन वटा कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रो पावर र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिभरसल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो पावर र नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

यता, उन्निती सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सि होटलको १.५४ प्रतिशतले घटेको छ । मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार