जिम्बावे ‘ए’ ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोरको पाँच विकेट

उज्यालो प्रतिनिधि २६ बैशाख २०७९, सोमबार खेल

काठमाडौँ ।  किशोर महत्वले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनायो ।

 

ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए ।

११ औं ओभरको अन्तिम बलमा टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकीय पारी खेलेर आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । १४ औं ओभरको चौथो बलमा नेपालले तेस्रो सफलता हात पार्यो । किशोर महत्वले कुन्दाइज माउन्देलाई ३९ रनमा क्याच आउट गराए ।

१७ औं ओभरको दोस्रो बलमा सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाए । उनले जोनाथन काम्बेललाई ३ रनमा क्याच आउट गराए । २७ औं ओभरमा तेस्रो बलमा किशोरले व्यक्तिगत चौथो र नेपालका लागि छैटौं विकेट लिए । उनले टोली मुयोन्गालाई २४ रनमा आउट गरे ।

करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमा चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमा तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे ।

३२ औं ओभरको अन्तिम बलमा किसोरले पाँचौं विकेटको रुपमा बर्नान्डो माटुवालाई एलबीडब्लू आउट गरे । अन्तिम ओभरको पहिलो बलमा करण केसीले लेगा सिकालाई आउट गराए । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । तीन खेलको सिरिज १–१ को स्थितिमा छ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार