रुस–युक्रेन युद्ध : विद्यालय भवनमा बम हमला, ६० भन्दा बढी मारिएको आशंका

उज्यालो प्रतिनिधि २५ बैशाख २०७९, आईतवार विश्व

काठमाडौँ ।  पूर्वी युक्रेनको एक स्कूलमा बम खस्दा कम्तीमा ६० जनाको मृत्युको आशंका जताइएको छ । युक्रेनमाथि रुसले हमला गरेको दुई महिनाभन्दा बढी भइसकेको छ र हमला लगातार जारी छ । युक्रेन पनि लगातार रुसको हमलाको जवाफ दिइरहेको छ ।

लुहान्स्क प्रान्तका गभर्नर सेरहिय हैदईले दुईजनाको मृत्युको पुष्टि गरेका छन् र यो हमलामा कम्तीमा ६० जनाको मृत्यु भएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । यो स्कूल लुहान्स्कको बिलोहोरिव्कामा अवस्थित छ ।

स्कूलको यो भवनमा करिब ९० जनाले शरण लिएका थिए । हमलापछि ३० जनाको उद्दार गरिएको छ । यीमध्ये सातजना गम्भीर रुपमा घाइते छन् । गभर्नरका अनुसार रुसले शनिबार स्कूलको भवनमा बम खसालेको थियो । यद्यपि, हैदईको आरोपमाथि बीबीसीले पुष्टि गर्न सक्दैन र यसबारे रुसको तर्फबाट केही पनि बयान सार्वजनिक भएका ेछैन ।

युक्रेनको एक पत्रिकाले यो स्थान पछिल्लो एक हप्तादेखि युद्धको हटस्पट बनेको दाबी गरेको छ ।बम खस्दा स्कूलको भवन पूर्ण रुपमा ध्वस्त भएको र त्यसमा आगलागी भएको दाबी गरिएको छ । आगो निभाउन दमकललाई तीन घण्टा बढी समय लाग्यो । गभर्नरका अनुसार लगभग पूरा गाउँले स्कूलको बेसमेन्टमा शरण लिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार