आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

उज्यालो प्रतिनिधि २४ बैशाख २०७९, शनिबार खेल

काठमाडौँ ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो । आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ ।

 

आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भयो । आर्मी क्लबले पहिलो पटक महिला भलिबलको उपाधि जितेको हो । यसअघि आर्मी क्लबले कुनै राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जितेको थिएन ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्यो । उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार