भारतमा खाना पकाउने ग्यासको मूल्यमा ५० भारु वृद्धि

उज्यालो प्रतिनिधि २४ बैशाख २०७९, शनिबार विश्व

काठमाडौँ ।  भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।

शनिबार भारतभरी १४.२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ ।अब राजधानी दिल्लीमा १४.२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ । एलपीजीको बढ्दो मूल्यलाई मध्यनजर गर्र्दै सरकारमाथि हमला गर्दै कांग्रेसका प्रवक्ता डा. शमा मोहम्मदले ट्वीट गरेकी छिन्

 

‘१४.२ किलोको खाना पकाउने ग्यासको सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ । मार्च सन् २०१४ मा यो मूल्य ४१०.५० भारु प्रति सिलिन्डर हुने गर्दथ्यो । आखिर गरिब र मध्यम वर्गीयले कसरी यो मूल्यमा सिलिन्डर खरिद गर्न सक्छन् ?’

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार