विश्वकै सबैभन्दा दुर्लभ समुद्री जीव, जम्माजम्मी १० वटा मात्रै बाँकी

उज्यालो प्रतिनिधि २३ बैशाख २०७९, शुक्रबार प्रविधि

काठमाडौँ ।  विश्वमा यो जीवको संख्या १० वटा मात्रै बाँकी छ । यो धर्तीमा एका जीवमध्ये ती जीवको सूचीमा समावेश छ जुन लोपोन्मुख अवस्थामा छ । यो विश्वको एक्लो दुर्लभ समुद्री स्तनधारी हो । यसको नाम वाकिता परपोइज हो । वाकिता लोप हुने अवस्थामा भएपनि वैज्ञानिकले यसलाई बचाउन सकिने बताएका छन् । यस्तो उनीहरुले एक जेनेटिक स्टडीको आधारमा भनिरहेका छन् । ग्रे र सिल्भर रङको यो जीव मेक्सिकोस्थित क्यालिफोर्नियाको खाडीमा पाइन्छन् । यसको व्यापक शिकार हुने भएकोले यो लोप हुन लागेको बताइन्छ ।


सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा वाकिता पारपोयजमाथि अनुसन्धान गर्ने अनुसन्धाता डा। ज्याकलिन रोबिन्सनले भने, ‘हाम्रो अनुसन्धानमा यो निकै स्पष्ट छ कि वाकितालाई हामी जोगाउन सक्छौँ । यदि हामीले उनीहरुको इलाकाबाट गिलनेट्स हटाइदियौँ भने यस्तो सम्भव छ ।’ गिलनेट्स एक प्रकारको निकै भारी जाल हो जसमा ठूला माछा फसाइने गर्छ ।

साइन्स जर्नलमाप्रकाशित रिपोर्टको आधारमा डा। ज्याकलिनले बताए अनुसार वाकिता परपोेयज यसैकारण मात्रै लोप हुन लागेका छन् । उनीहरुको जनसंख्या कम छ । उनीहरुलाई कसरी जोगाउने भन्ने कुरा हामी मानिसहरुको दायित्व हो । हामीले वाकिता परपोयजलाई बाँच्नका लागि एउटा मौका दिनुपर्छ । हामीले उनीहरुको जनसंख्या पुनः बढाउन सक्छौा । उनीहरुको जिन्स बाँच्नका लागि पूर्ण सक्षम छ । ’

 

वाकिता अहिलेसम्म जेनेटिकली कमजोर भएका छैनन् । यो लोप हुनबाट बच्न सक्छन् । डा। ज्याकलिन भन्छिन्, ‘अबको ५० वर्षभित्र यिनीहरुले आफ्नो जनसंख्या बढाउन सक्छन्, यदि यिनीहरुलाई पूर्ण रुपमा सुरक्षा दिइने हो भने । हामीले सन् १९८५ देखि २०१७ बीच समातिएका वाकिताको डिएनएको परीक्षण गरेका छौँ । यो सबै अहिले भएका १० वाकिताको डिएनएसँग म्याच गर्छ । त्यसपछि यसको डिएनएको आधारमा यसको जिनको गणना गरियो । यदि उत्कृष्ट माहौल मिल्यो भने ५० वर्षमा यसले आफ्नो जनसंख्या बढाउन सक्छ । ’


डा. ज्याकलिनका अनुसार यो जीव असाध्यै दुर्लभ छन् त्यसैले यसमा जेनेटिक भेरियसन पनि कम छ । त्यसैले इन–ब्रिडिङको जोखिम कम छ । यद्यपि, यो जीवलाइर्ए बचाउन सहज भने हुने छैन किनभने सबैभन्दा ठूलो चुनौती पर्यावरणविद र स्थानीय मानिसबीच हुने विवाद हो । त्यसपछि मेक्सिकोको सरकारको डिप्लोम्याटिक समस्यालाई पनि बुझ्नुपर्ने हुन्छ । यसअघि गिलनेट्सलाई प्रतिबन्धित गर्ने प्रयास गरिएको थियो । तर स्थानीय माझीहरुले यसको अत्यधिक विरोध गरेका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार