नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने

भरतपुर ।  मुटु र फोक्सो रोग विशेषज्ञ चितवनमा नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ ।

सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ । समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिए ।

सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ । उनले भने “कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ ।”

नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै उहाँले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताए ।

समाजका महासचिव डा शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताए ।उनले भने “अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ ।”

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार