सुध्रेनन् टोले गुन्डा डेनी लामा ! बलात्कारको आरोपमा पुनः पक्राउ

उज्यालो प्रतिनिधि १३ बैशाख २०७९, मंगलवार समाचार

काठमाडौं । केही वर्ष अगाडि मात्रै हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, डाँका चोरीको मुद्दामा कैद सजय भुक्तान गरेर निस्केका डेनी लामा उर्फ टेनसन एक महिलालाई बलात्कारको आरोपमा प्रहरीले पुनः पक्राउ गरेका छन् ।

लामो समय कारागारमा बसेर निस्केका लामा पुनः गुन्डागर्दीमा सक्रिय रहेका थिए । काभ्रे जिल्ला तेमाल गाउँपालिका- ६ ठुलोपर्सेल घर भएका लामाले विशेषगरी तेमाल क्षेत्रमा बालुवा गिट्टीको ठेक्कपट्ट गर्ने, टेन्डर नदिए भौतिक रुपमा आक्रमण गर्ने धम्कि दिने गरेको स्थानीयले बताए ।

प्रहरीको अनुसार पनि गुन्डाहरुमा नसुध्रेको गुन्डाको सूचिमा रहेका लामाले विभिन्न व्यापारीहरु धम्काउदै आएको र पछिल्लो चरण एक महिलालाई शारिरिक बन्धक बनाएर एक वर्षदेखि यौन शोषन गरेको उजुरी परेपछि २०७८ साउन २० गते उनलाई पक्राउ गर्न पुर्जी जारी भएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धमा पीडितले करणी सम्बन्धि कसुर मुद्दा हालेकी थिइन । उनले यौन शोषणको साथमा गरगहना, लत्ताकपडा र लाखौं रुपैयाँ रकम बोकेर फरार भएको उजुरी हालेकी थिइन । उजुरी पश्चात् लामालाई काठमाडौंको टोखाबाट एक अर्की महिलासंग लिभिङटुगेदरमा बसिरहेको अवस्थामा पक्राउ गरेका छन् ।

स्रोतका अनुसार पछिल्लो चरण गुन्डागर्दीलाई प्रहरीले बढी निगरानीमा राखेपछि लामाले आफ्नो धन्द फरक ढंगले चलाएको बताए । महिलाहरुलाई जबर्जस्ती बन्दक बनाएर बलात्कार गर्ने र उसैलाई श्रीमती भनेर राख्ने पछि तिनै महिलाको गरगहना, पैसा लिएर फरार हुने गरेको भेटिएको छ ।

घरमा बालबच्चा र श्रीमती हुदाहुदै पनि बाहिर महिलाहरुलाई अविवाहित भन्दै कसैलाई फकाएर कसैलाई जबर्जस्ती बलात्कार गर्ने, पछि महिलाकै कोठामा गएर बस्ने, दुइचार महिना पछि दाउ हेरेर सम्पत्ति सबै बोकेर हिड्ने गरेको पीडितले बताए । हाल एक सिलवाल थरकि अर्की महिलासंग बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य समेत रहेका लामालाई छुटाउन काभ्रेका एमाले नेताहरू यतिबेला लागिरहेका छन् । आफु एमाले नेता गोकुल बाँस्कोटाको धर्म छोरा जस्तो रहेकाले प्रहरीले केही गर्न नसक्ने भन्दै पीडित महिलालाई बेलाबेलामा फोन गरेर ज्यान गायब बनाइदिने धम्कि समेत दिने गरेको बताए । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार