चलचित्र ‘लाखे’ भदौ ३१ गतेबाट प्रदर्शनमा आउने,के भन्छन निर्माता ?

उज्यालो प्रतिनिधि ९ बैशाख २०७९, शुक्रबार कला/साहित्य

काठमाडौ । चलचित्र ‘लाखे’ का निर्माता डिबि बम्जनले आफुले एक्का ट्रायल लिएर आएको बताएका छन । ” एक्का ट्रायल लिएर आकोछु, बासा ट्रायल त अरु संग नि हुन सक्छ ।” उनले भने ।

चलचित्र ‘लाखे’ भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । महंगो बजेटमा निर्माण गरिएको बताइने चलचित्रमा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोक राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल र सह निर्माता डि.बि बम्जन हुन् । सुसन प्रजापतिले खिचेको चलचित्रमा गीतमा दीपक बज्राचार्यको संगीत छ ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्देशक सम्राट बस्नेत हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा र सम्वाद आकाश बरालले लेखेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार