काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जागेपछि एमाले अध्यक्ष खडगप्रसाद ओलीले बालुवाटार छाड्नुपरेको टिप्पणी गरेका छन् ।
धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीका कारण ओलीले सत्ता गुमाउँदा समेत अहँकार कायम रहेको बताए । ओली विचित्रको चरित्र भएको मान्छे भएको समेत उनको टिप्पणी थियो ।
नेकपा बनाएर राम्रो होला भनेको त राम, सीता, लक्ष्मण बोकेर हिँड्न थालेको प्रचण्डको भनाई थियो । ‘बालकोटवाला मलामी जाँदा पनि नाच्दै रमाइलो गर्दै जानेवाला परे । सबै प्रदेशको सरकार ढल्यो, पार्टी फुट्यो । तर अहंकार छँदैछ,’ उनले भने ‘माओवादी जागेपछि बालुवाटार छाडेर बालकोट जानु पर्यो ।’






