उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोल पुगे

उज्यालो प्रतिनिधि ५ बैशाख २०७९, सोमबार विश्व

प्योङयाङ । प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोमबार सोल आइपुगेका छन । प्योङयाङले यसवर्ष एक दर्जनभन्दा बढी आणविक परीक्षणहरु गरेको छ । गत हप्ताको अन्त्यमा भएको आणविक परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उत्तर कोरिया नितीको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आफ्नो पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु–डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका छन । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उनको आगमन भएको हो ।

तर हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय–इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार