रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

उज्यालो प्रतिनिधि ४ बैशाख २०७९, आईतवार विश्व

काठमाडौँ । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् ।
आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस-युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ।
यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन्।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार