काठमाडौं । चलचित्र ‘मन्त्र’को गीत ‘घरी घरी’ सार्वजनिक गरिएको छ । उक्त गीतलाई अल्मोडा र अप्सरा घिमिरेले गाएका छन्।
गीतको शब्द र संगीत सन्तोष सुनारको रहेको छ। संगीतको निर्माण ब्रिजेस श्रेष्ठले गरेका छन्। सौगात मल्ल र दिया पुन फिचर्ड हिमाली भेगमा खिचिएको गीतको भिडियोमा उनीहरुलाई हिमाली संस्कृति र भेषभुषामा देखिएका छन्।
गुरुङको निर्देशनमा बनेको यो फिल्म वैशाख १६ गतेबाट प्रदर्शनमा आउँदै छ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।