काठमाडौं । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई सार्वजनिक गरिएको हो ।
गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’मा दया र लक्ष्मीको जोडीलाई देखन सकिन्छ ।
नयाँ बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।