गठबन्धनको पिरले तर्सिएको एमाले !

उज्यालो प्रतिनिधि १ बैशाख २०७९, बिहीबार

प्रमुख सत्तारूढ दलहरु गठबन्धन गरेर निर्वाचन लड्ने तयारी गरेसंगै सिंगल चुनाव लड्ने अविव्यक्ति दिदै आएका एमाले नेताहरू पछिल्लो चरण संघीय गणतन्त्र विरोधी पार्टी राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएपछि एमाले गठबन्धन दलसंग बाहिर जति आक्रमक ढंगले एक्लै जित्ने दाबी गर्दैआएको छ भित्रि रुपमा बेस्सरी तर्सेको प्रष्ट भएको छ ।

विचार र सैद्धान्तिक हिसाबले मात्रै नभइ व्यवस्थाकै विरुद्ध वकालत गर्ने राप्रपा नेपाल जस्तो पार्टीसंग आफुलाई सच्चा कम्युनिस्ट भन्न रुचाउने एमालेले अस्तित्वमा समेत नभएको दलसंग सहकार्य गर्नुको पछाडि यतिबेला एमालेलाई निक्कै सकसको भएको महसुस सम्पूर्ण कार्यकर्ता पंक्तिले समेत गर्न थालेका छन् ।

कांग्रेससंग माओवादीको गठबन्धन तोडाएर एमालेसंग वाम गठबन्धन गराउनको लागि चिनमै पुगेर एमाले नेताहरूले हार-गुहार गर्दा पनि एमसिसीको सवालमा एमालेले खेलेको भूमिका देखि रुष्ट चिनले एमालेको प्रस्ताव बेवास्ता गर्दा एमाले नेताहरू चिनबाट निराश भएर फर्केका थिए ।

अमेरिकी परियोजना एमसिसी फेल गर्न एमालेले माओवादीलाई साथ दिए पुनः खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री स्वीकार्ने सम्मको अवस्थामा माओवादी पुग्दा पनि एमाले एमसिसी पास गर्न कांग्रेससंग मिल्न तयार भएको चिनको बुझाइ रहेको छ । एमसिसीको विपक्षीमा उभिनको लागि चिनको अनुरोध समेत लतारेर कांग्रेससंग मिलेर एमसिसी पास गर्न एमाले तयार भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुदे व्याख्यात्मक टिप्पणीलाई संसदबाट अनुमोदन गरेर एमसिसी पास गरेपछि एमाले सत्तामा आउने बाटो बन्द भएको थियो ।

एमालेको दोहोरो चरित्रलाई नजिकबाट नियालिरहेका चिनले बाम गठबन्धनको लागि कुनै पनि भुमिका नखेलेपछि यतिबेला सबैभन्दा छट्पटी एमाले अध्यक्ष खड्ग प्रसाद ओलीलाई छ । अधिकांश स्थानीय तहबाट सत्तारूढ दलहरु इमानदार ढंगले गठबन्धन गरेर निर्वाचन लडेको खण्डमा कुनै पनि स्थानीय तह नजित्ने रिपोर्ट आएपछि एमालेका नेताहरू झन धेरै त्रसित भएर सानातिना दलहरुसंग भए पनि गठबन्धन गरेर स्थानीय निर्वाचनमा एमालेको साख मात्रै जोगाउन पाए भन्ने दाउमा छन् ।

विशेषगरी पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको छुद्र बोलीको कारण पनि एकात ठाउमा बाम गठबन्धन हुने सम्भावना रहेको ठाउमा पनि स्थानीय नेता कार्यकर्ताहरु भट्किए पछि केन्द्रीय नेताहरू समेत अध्यक्ष ओलीको बोलीसंग हैरान भएको एमालेका एक केन्द्रीय स्तरको नेताले हामीलाई नाम नबताउने सर्तमा बताए ।

उनले थप भने ‘ हाम्रो पार्टी अध्यक्षको छुद्र बोलीको कारण पनि गठबन्धन हुने परिस्थिति बनेका जिल्लाहरुमा माहोल बिग्रेको छ, ग्राउन्ड बास्तबिकता के छ थाहा छैन, आफ्नो वरिपरि बा भनेर ढोक्नेहरुको कुरा सुनेर आफ्नो विचार बनाउछन् ताकी ती बा भनेर लम्पसार हुनेहरू जिन्दगीमा गाउँ पुग्दैन, यसरी त कसरी जित्ने, गाह्रो स्थिति छ ।

हुन पनि पछिल्लो चरण अध्यक्ष ओलीको कुराहरू सुन्ने हो भने दम्भले सगरमाथाको चुचुरो नाघिसकेको छ । ओलीकै एकोहोरो दम्भको कारण बहुमतको केन्द्रीय सरकार ढल्यो, केन्द्रसंगै प्रदेशको सरकारहरु पनि गयो तर पनि उनको दम्भमा केही फरकपन आएन ।

भन्नलाई त कतिपयले यो ओलीलाई अडान भएको नेता भनेर पनि विश्लेषण गर्ने गर्छन् तर राजनीतिक दृष्टिकोणले हेर्ने हो भने एमालेलाई ठुलो घाटो भएको छ । सरकारमात्रै ढलेको छैनन् आफ्नो सहकर्मी साथीहरूले समेत पार्टी फुटाएर नयाँ पार्टी निर्माण गरेको छ । सरकार मात्रै ढलेको तर पार्टी नफुटेको भए केही न केही आसाको त्यान्द्रो बाँकी रहन्थ्यो तर पार्टी विभाजनको ठुलो असर आँउदो निर्वाचनमा देख्ने प्रष्ट छ ।।

पछिल्लो तथ्यांक हेर्ने हो भने पनि नेपाल पत्रकार महासंघ, राष्ट्रिय सभाको निर्वाचन, नेपाल बारको निर्वाचनमा एमालेको हैसियत प्रष्ट देखिसकेका छन् । र केही छिटपुट ठाउमा अन्तरघात भए पनि स्थानीय निर्वाचनको चित्र कस्तो हुन्छ भन्ने कुरा एमाले नेताहरू विश्लेषण गरिसकेका छन् । त्यसै बाहिर बेस्सरी ठुलो भाषण गर्ने तर भित्र लकलक काम्दै बस्ने परिस्थिति एमालेमा रहेको विश्लेषकहरु बताउँछन् ।

एक्लै चुनाव लड्छु भनेर छाती पिटेर भाषण गर्ने एमाले नेताहरू वैशाख ३० नजिकिँदै गरेपछि यतिबेला त्रसित देखिन्छन् । अन्तिमसम्म जसरी हुन्छ गठबन्धन तोड्ने दाउमा रहेका एमाले चैत्र २८ मा पाँच दलिय गठबन्धनको सबै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचन लड्ने संयुक्त वक्तव्य आएपछि यतिबेला एमाले परिवार दलजस्ता साना पार्टीहरुसंग समेत गठबन्धन तयार छन् ताकी ती दलहरूको कतैपनि जनाधार देखिदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *