निर्वाचन सार्न खोज्ने सबै हत्कण्डा असफल भए, अब चुनाव सर्दैन : अनन्त

उज्यालो प्रतिनिधि ३० चैत्र २०७८, बुधबार उज्यालो फोकस

काठमाडौं  । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्वाचन सार्न खोज्ने सबै हर्कतहरु असफल भएकाले अब चुनाव कुनै हालतमा नसर्ने बताएका छन ।

पार्टीको राजकीय मामिला तथा सुशासन विभागको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य तथा पार्टी केन्द्रीय कार्यालय इन्चार्ज अनन्तले गठबन्धन बनेपछि अत्तालिएको एमालेले निर्वाचन सार्न अनेक हत्कण्डा चलाएको भए पनि ती सबै असफल भएको बताए ।
अनन्तले भने, ‘यो निर्वाचन विशुद्ध निर्वाचन मात्रै होइन, यो संघीयतालाई कार्यान्वयन गर्ने र परिवर्तनलाई संस्थागत गर्ने प्रक्रिया पनि भएकाले यसलाई सफल पार्नु र यसमा माओवादीले विजय प्राप्त गर्नु अपरिहार्य छ।’

अनन्तले एमालेले विदेशी शक्तिहरुलाई समेत साथ लिएर गठबन्धन तोड्न विभिन्न कोशिस गरेको, विप्लवलाई देखाएर निर्वाचन सार्ने, अदालतलाई लगाएर निर्वाचन रोक्ने, विभिन्न जनप्रतिनिधि उचालेर भाँड्न खोज्ने र अनेक भ्रम पैदा गर्ने कोशिस गरेको तर सबै प्रयास असफल भएको बताए ।
नेता अनन्तले माओवादीले एक्लै लडे पनि २०० भन्दा बढी स्थानमा विजय हासिल गर्न सक्ने आधार भएकाले माओवादीले आत्तिनुपर्ने वा गठबन्धनको मात्रै भर पर्नु पर्ने अवस्था नभएको बताए । उनले गठबन्धनबीचको एकता कसिलो भएको र कुनै विवाद नभएको पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार