प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

उज्यालो प्रतिनिधि २५ चैत्र २०७८, शुक्रबार १ नं. प्रदेश

मोरङ ।  प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो ।

आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख ३८ हजार ३८७ बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म सञ्चालन हुने सो अभियानमा १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने छ । प्रदेशका १३७ पालिकाको नौ हजार ७७८ खोप केन्द्रमा नौ हजार ७६८ स्वास्थ्यकर्मी र १९ हजार ३५० स्वयंसेवकले खोप लगाउने कार्यमा सहयोग पुर्योउने निर्देशनालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरको आदर्श उच्च माविमा आयोजित खोप कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य नै धन हो भन्ने महत्वलाई बुझेर अभिभावक एवं शिक्षकशिक्षिकाले आफ्नो बालबालिकालाई खोप लगाई अभियानलाई सफल बनाउन आग्रह गरे ।

निर्देशनालयका निर्देशक बस्नेत, आदर्श उच्च माविका प्राचार्य सन्तोष पोखरेलले खोपबाट जीवन सुरक्षित हुने भएकाले खोप लगाउनका साथै सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार