पाँचपोखरी-मेलम्चीका दर्जनौ नेता कार्यकर्ता एमाले-काग्रेसबाट बिद्रोह गर्दै माओवादी केन्द्र प्रवेश

उज्यालो प्रतिनिधि १५ चैत्र २०७८, मंगलवार समाचार

सिन्धुपाल्चोक।मंगलबार नेपाली काङ्ग्रेस निकट तरुण दलको जिल्ला सदस्य दिनेश बरुवाल, नेकपा एमाले निकट युवा संघका पालिका अध्यक्ष दिनेश थापा, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का इकाई उपसभापति समीर केसी, करातेका राष्ट्रिय खेलाडी दिपेन्द्र तामाङ सहितका एक दर्जन बढी प्रभावशाली युवाहरुको समुह र पाँचपोखरी-मेलम्चीका एक दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेशीहरुलाइ पेरिसडाँडा स्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्ड, केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल, बागमती अध्यक्ष सरल सहयात्री, प्रदेश सदस्य भरत थापा, गाउँपालिका अध्यक्ष पेमा लामा लगायत सिन्धुपाल्चोकका नेताहरूले स्वागत गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य समीर गिरिले जानकारी दिए ।

उनिहरुलाइ प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले अहिले भएका परिवर्तनहरुको रक्षा र कार्यान्वयनमा युवापुस्ताको महत्त्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागी युवापुस्ता अघि बढ्नु पर्ने बताउनुभयो ।

त्यस्तै जनप्रिय नेता युवराज दुलालले माओवादी बिकास र परिवर्तनको पर्याय भएको भन्दै देशको लागि माओवादी निर्विकल्प शक्ति भएको बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार