कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा

उज्यालो प्रतिनिधि १४ चैत्र २०७८, सोमबार फोटो समाचार

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गर्नुभएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एकमहिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गरेका थिए ।

प्रवक्ता डा. महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार