काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन ।
उनले निर्वाचनको आवश्यक पूर्व तयारी गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले स्थानीयहरुलाई नै विकास निर्माणको जिम्मेवारी दिदा छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै उनले ललितपुर महानगरले सम्पदा संरक्षणमा खेलेको भूमिकाको प्रसंसा गरे । २०७२ सालको भूकम्पले क्षति पुराएको भीमसेन मन्दिरको स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।